Odapalika - The Fourth Estate - चौथो अंग
२८८ जनालाई खुल्यो सशस्त प्रहरीमा जागिर, के चाहिन्छ योग्यता ?

काठमाडौँ । विभिन्न २८८ जनाका लागि सशस्त प्रहरी बलमा जागिर खुलेको छ । 

सशस्त्र प्रहरी बलले शुक्रबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको जनाएको हो । 

सूचना अनुसार प्रहरी निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।

परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।

सूचना अनुसार विज्ञापन प्रकाशित भएको दिन २१ वर्ष पूरा गरी २५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्ववद्यँलयबाट स्नातक तह वासो सरहको उपाधि प्राप्त गरेको, पुरुषको हकमा उचाई कम्तीमा ५ फिट २  इन्च र तौला ५० केजी तथा महिलाको हकमा उचाई कम्तीमा ५ फित र तौल ४२ केजी भएको हुनुपर्नेछ भने नेपाली नागरिरकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । 

यस्तै, पुुरुषको हकमा छाती नफूलाउँदा कम्तीमा ३१ इन्च र फूलाउँदा ३३ इन्च हुनुपर्ने, आँखा माइरस वा प्लस २ भन्दा बढी कमजोर नभएको, प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, आफूले अध्ययन गरेको शिक्षक संस्था र आफ्नो नातेदार बाहेक अन्य दुुई जना नेपाल सरकारको बहालवाला राजपत्राकिंत अधिकृतबाट राम्रो चरित्रको सिफाशि पाएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदा बखत राजनीतिक दलको सदस्य नरहेको र आंतककारी संगठनको सदस्य नरहेको हुनुुपर्ने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update