Odapalika - The Fourth Estate - चौथो अंग
एक करोडमा टुटल बिक्री, रकम आफैले राखेको आरोपमा संस्थापक प्रक्राउ

काठमाडौँ । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । 

उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ । 

सोही आरोपमा उनीमाथि प्रहरीमा निवेदन परेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update