Odapalika - The Fourth Estate - चौथो अंग
सर्लाही अपडेट : गोली लागेका घाइते साहको मृत्यु

काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयलाई लिएर भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजनाको मृत्यु भएको जानकारी आएको जानकारी दिए । 

सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको छ । उनले के, कसरी घटना भएको हो भन्ने यकिन भइनसकेको जानकारी गराए । शव स्थानीयले घेरेर राखेकाले सो क्षेत्रमा थप प्रहरी बल पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रादेशिक अस्पताल बनाउने विषयमा स्थानीयहरुको प्रदर्शन रहेको र सोही क्रममा भएको झडपमा ती व्यक्तिको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ। 

नगरपालकाले शुरुमा अस्पताल बनाउने भनेर निर्णय गरेको तर कार्यान्वयन नहुँदै स्थगन गरिएको विषयमा स्थानीयले प्रदर्शन गरेका बताइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरी हवाई फायर तथा अश्रुग्याँस प्रहार भएको बताएका छन् । उनले मृत्यु भएको जानकारी भने आइनसकेको प्रतिक्रिया दिए।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update