Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको उनलाई नियुक्त सीईओमा गरिको कम्पनीले जनाएको छ ।

बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए । तर नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो ।

बज्राचार्यसँग बीमा क्षेत्रकोे करिव दुई दशकको कार्यअनुभव छ । त्यसअघि उन बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा १० वर्ष भन्दा बढिको कार्यअनुभव लिएका थिए।

बज्राचार्यले त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका छन् । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update