Odapalika - The Fourth Estate - चौथो अंग
सडकको फोहोर ट्रकमा 

पाेखरा । ल्याण्डफिल्ड साइट विवादले ५ दिन देखि उठ्न नसकेको पोखरा महानगरपालिकाको फोहोर आजवाट उठाउन सुरु गरिएपनि विसर्जन गर्ने स्थानको गम्भीर समस्या देखिएको छ । 

फोहोर विर्सजनस्थलका स्थानीयसँगको विवादका कारण महानगरपालिकाले ५ दिन यता फोहोर नउठाउँदा पर्यटकीय नगरी पोखराका सडक दुर्घन्धित हुन थालेका थिए । 

स्थानीयवासीले असन्तुष्टि जनाएपछि आइतवार बिहानैबाट सडकको फोहोर उठाएपनि फाल्ने ठाउँ नहुँदा फोहोर बोक्ने ट्रकमै थन्किएका छन् । 

ल्याण्डफिल्ड साइटमा स्थानीयको अवरोध कायम नै रहेका कारण सडकबाट उठाइएका फोहोर गाडीमै राख्नुपरेको महानगरपालिकाका कर्मचारीहरु बताउँछन् । 

लामेआहालमा ६ महिनासम्म फोहोर फाल्ने र त्यसपछि माटोले पुर्ने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न दिएका छैनन् । 

विमानस्थल नजिकै महानगरले फोहोर बिसर्जन गर्दै आएको थियो । तर फाहोरका कारण विमानस्थलको सुरक्षामा प्रश्न उठेपछि पोखरा महानगरलाई फोहोरको स्थायी विसर्जनस्थल पहिचान गरी कार्यान्वयनमा ल्याउन सकस हुँदै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update