Odapalika - The Fourth Estate - चौथो अंग
जाडोमा गाडीको सुरक्षा कसरी गर्ने, सुजुकीले दिदैँछ २ दिने तालिम

काठमाडौैँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २४ गतेदेखि २६  गतेसम्म विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ । सुजुकी ग्राहकलाई  यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै  ग्राहकहरुले  लक्की द्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्नु सक्नेछन् । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसीर हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट, पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाइनेछ । 

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update