Odapalika - The Fourth Estate - चौथो अंग
एघार करोड खर्चेर चैनपुरमा खानेपानी

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा ११ करोड ११ लाख रुपैयाँ खर्चेर सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माण गरिएको छ । उक्त आयोजनाबाट एक सय १८ परिवार लाभान्वित भएका छन् । 

गत असारमा आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । मर्मतपछि आयोजना पुनःसञ्चालनमा आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो । मुहान बथाएपछि यहाँका तीन सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थल पुनः निर्माण गरेको हो । आयोजनाका अध्यक्ष उद्धवराज त्रितालका अनुसार अहिले स्थानीयको घरमा पाइप जडान गरिएको छ । 

‘केही दिनभित्र सबैको घरमा खानेपानी उपलब्ध हुन्छ”, उनले भने । बाढीले आयोजनामा क्षति पुगेपछि स्थानीयले खानेपानीका लागि सास्ती बेहोर्दैआएका थिए । झण्डै पाँच महिनापछि यहाँका बासिन्दाले खानेपानीको सुविधा उपभोग गर्न पाएका हुन् । 

आयोजनाको काम सम्पन्न भइसकेको छ, चाँडै उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौँ”, डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले भने । 

आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update