Odapalika - The Fourth Estate - चौथो अंग
हुलास स्टीलमा पनि विजुली काट्यो विद्युत प्राधिकरणले

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा संचालित हुलास स्टीलको विद्युत काटेको छ ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले थप सो उद्योगको बिजुली काटेको हो । प्राधिकरणले सोमबार विहानदेखि विद्युत लाइन काटेको उद्योग स्रोतले जानकारी दिएको छ । यद्यपि, दिउसो उर्जा मन्त्रालयमा भएको प्रधानमन्त्रीसँगको छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सो विवाद  चाढै नै समाधान गर्ने बताउँदै थिए ।

उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ ।

प्राधिकरणले ७ पुसदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो । सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उद्योग पनि चल्ने र महसुल पनि उठ्ने विकल्पमा जानुपर्ने बताएका छन् । प्राधिकरणले विद्युत लाइन काटेपछि उद्योग चल्नसक्ने सम्भावना हुन्न ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update