Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर 

काठमाडौँ । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् ।

महानगरले दिएको जानकारी अनुसार यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ ।  

यस्तो करमध्ये ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् । 

यस बर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० हो । गत आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ । 

महानगरकोसोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update