Odapalika - The Fourth Estate - चौथो अंग
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास 

लम्जुङ । राइनास नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने भएको छ । पालिकाले २०८२ को फागुन मसान्तभित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिकाका रुपमा घोषणा गर्न लागेको हो । उक्त कार्यका लागि नगरपालिकाले सबै वडामा गणक पठाइएको जनाएको छ । 

पालिकाले १० वटै वडामा ३४ जना गणकका रुपमा स्थानीय महिला स्वयंसेविकाहरु खटाइएर सूचना उपलब्ध गराइदिन अनुरोध गरेको छ । 

‘स्थानीय बालमैत्री शासन कार्यक्रम कार्यान्वयन गर्न वर्तमान अवस्थाको वास्तविक स्थिति मूल्याङ्कन गर्न आवश्यक पर्ने सूचना एवं तथ्यांक संकलन गर्न १० वटै वडामा ३४ जना महिला स्वयंसेविका खटिएको व्यहोरा अवगत गराउँदछौ,’ सूचनामा भनिएको छ, ‘सबै नगरबासीलाई गणकले माग गरेको सत्य एवं वास्तविक सुचना उपलब्ध गराइदिनु पािलकाले भनेको छ ।

नगरपालिकाले उक्त कार्यका लागि सबै जनप्रतिनिधि, नागरिक समाजका अगुवा, आमा समुह, युवा क्लव, उद्यमी व्यवसायी र कर्मचारीहरुलाई सहयोग गर्न  अनुरोध समेत गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update