Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालयले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको छ । सोमबार महानगरपालिका मेयर बालेन शाहको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको हो ।

अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन् । 

मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका थिए । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा उनी मुछिएपछि उनलाई बिदामा राखेर बालेनको सचिवालयलये अध्ययन गरिरहेको छ । 

तर, अध्ययन नसकिदै अधिकारी कार्यालयमा उपस्थित हुने सूचना भएपछि महानगरले उनको कार्यकक्षमा तालाबन्दी गरेको हो । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update