Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, सदस्यमा रेग्मीलाई ७० प्रतिशत मत

काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सुदिप थापा निर्विरोध चयन भएका छन् । संघको २४औं वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । 

आनको कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विराेध निर्वाचित भएका हुन् । जसमा सात जना सदस्य निर्वाचित भएका छन् । 

संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध, द्धितीय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’ ले सर्वाधिक मत प्राप्त गरेर विजयी भए ।  उनले खसेका कुल ८८ मतमध्ये ६१ मत प्राप्त गरेका थिए । रेग्मीले खसेका कुल मतकाे करिब ७० प्रतिशत मत पाएका छन् ।

सहकोषाध्यक्षमा अरुणकाजी स्थापित, कार्यसमिति सदस्यमा रोशन रेग्मी ‘आरसि’, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update