Odapalika - The Fourth Estate - चौथो अंग
राइनासमा कसले फैलायो सहकारीको ऋण तिर्नु नपर्ने हल्ला ? 

लमजुङ । नगरपालिकाभित्र सञ्चालित बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण भुक्तानी गर्न राइनास नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ । 

पछिल्लो समय ऋण भुक्तानी गर्न सक्ने ऋणीले समेत किस्ता भुक्तानी गर्न छाडेको गुनासो आएको भन्दै नगरपालिकाले समयमै भुक्तानी गर्न आग्रह गरेको हो । 

‘राइनास भित्रका सहकारीहरुले नियमित रुपमा वचत तथा ऋणको कार्य सम्पादन गर्दै आएकोमा केही समयदेखि ऋण तिर्ने क्षमता भएका असल ऋणीले समेत किस्ता भुक्तानी गर्न छाडेको जानकारी प्राप्त भएको छ, त्यस्तै ऋणको किस्ता तिर्न अटेरी गरेको, ऋण भुक्तानी गर्न नपर्ने तथा ऋण मिनाहा हुने जस्ता अफवाह समाजमा फैलिएको पाइएकोले सबै ऋणीहरुलाई सम्बन्धित सहकारी संस्थामा सम्पर्क गरी नियमित किस्ता तिर्नु/भुक्तानी गर्नु हुन जानकारी गराइन्छ’, नगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

ऋण मिनाहा हुने वा तिर्न नपर्ने जस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न समेत कार्यपालिकाकोे बैठकले निर्णय नै गरेर आग्रह गरेको छ । ऋण भुक्तानी सम्बन्धमा गुनासो भए सम्बन्धित सहकारी संस्थामा विधिपूर्वक लिखित गुनासो राख्न समेत पािलका बैठकले अनुरोध गरेको छ ।

नगरपालिकाले ऋण भुक्तानीमा कुनै गुनासो भए सम्बन्धित सहकारी संस्थामा गएर गुनासो राख्न समेत नगरबासीलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update