काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द रहने भएको छ । नेप्सेले बुधबार एक सूचना जारी गर्दै पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने जानकारी गराएको हो ।
नेप्सेमा विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले कारोबार प्रणाली बन्द रहने भएको हो ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १३:०५
प्रतिक्रिया दिनुहोस्