Odapalika - The Fourth Estate - चौथो अंग
चैतभित्र दुग्धको बक्यौता रकम भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन, १७ करोड गायव

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन् । 

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो निर्देशन दिएका हुन् । उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए । 

उनले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाउनुपरेको बताए । चैतभित्रमा किसानहरुको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डिडिसीको मात्रै नभएर  प्राइभेट क्षेत्रबाट पनि किसानहरुले भुक्तानी नपाएको समस्या रहेको उनले जानकारी दिए । 

उनले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिंचाई सुविधा पु¥याउन आवश्यक रहेको बताउँदै तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए । कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिंचाई हुने गरेको उनले बताए । 

मन्त्री भुसालले तराईमा खाद्यन्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदि प्रणाली जोड्नुको विकल्प नभएको बताउँदै उनले नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने दाबी गरे । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update