Odapalika - The Fourth Estate - चौथो अंग
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’

काठमाडाैँ । नेपालमा आज दिनभर जाडो बढेपनि पानी पर्ने र हिमपात हुने सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागको मौसम पूर्वानूमान महाहाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज वर्षा र हिमपातको सम्भावना छैन । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

तराई अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो । 

विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update