Odapalika - The Fourth Estate - चौथो अंग
वृश्चिक र कुम्भलाई धनलाभ हुँदा यस्तो छ अन्य राशिको आजको दिन

आजको पञ्चाङ्ग 

तिथि:औँसी, नक्षत्र: पूर्वषाढा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः ५८, सूर्यास्त: १७: २५, दिनमान: २६: ९ घटी, राहुकाल: दिनको ०१: ३० देखि ०३: ०० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज बिहानदेखि नै काम बन्नेछ । देवालय जाने अवसर मिल्नेछ । रमाइलो भेटघाट हुनेछ । परिवारको सामिप्यताले मन आनन्दित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज स्वास्थ्यमा समस्या होला । मित्रवर्गहरु बिछोडिने छन् । शत्रुको कारण काममा अवरोध होला । खर्चिलो दिन हुनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज सोचेजस्तो दिन हुनेछ । परिवारको साथले मन आनन्दित हुनेछ । पराक्रम बढ्ने छ । यात्रादि कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

कुरा काट्नेहरु टन्नै हुनेछन् । गरेको काम बिगार्ने होलान् । भेटघाटको अवसर भने जुर्नेछ । खर्च गर्दा सोचेर मात्र गर्नुहोला ।

सिंह (मा मि मु मे मो टा टि टु)

सन्ततिको खुसी कार्यमा संलग्न भइनेछ । जोश जाँगरले सजिलै काम बन्नेछ । बोलीले अरुलाई प्रभावित पार्नु हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज मातृसुख पाइनेछ । आमाको आशीर्वादले स्थायी सम्पत्ति प्राप्त हुनेछ । लेनदेनको कारण अलिक व्यस्त रहनु पर्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आज भेटघाटमा दिन बित्नेछ । सामान किनमेलमा धन र समय खर्च होला । आजको यात्रामा सुखद हुनेछ । बन्धुहरुसँग सामान्य विचार विवाद होला । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तपाईँको धन प्राप्त हुने दिन छ । गरेको कामबाट सन्तोष होला । खुसीको खबर सुन्न पाइएला ।  

धनु (ये यो भा भि भु ध फा ढा भे)

सही ठाउँमा दिल खोजेर खर्च गर्न पाइनेछ । समय अनुकूल रहेकाले काम बन्नेछन् । धर्मतिर तन, मन जानेछ । मन भने भारी हुनेछ । 

मकर (भो जाजि जु जे जो खा खि खु खे खो गा गि)

आज तपाईँको दिन त्यति अनुकूल नहोला । भेटघाट र रमाइलो दिन भएपनि खर्च बढी होला । सोचविचार गरेर मात्र काम गर्नुहोला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

धन लाभ हुनेछ । उपयोगी सामानको खरिद गर्नुहुनेछ । महत्वपूर्ण यात्रा होला । मन उत्साहित हुनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची) 

नयाँ वस्तु तथा सामान पाइएला । भेटघाट र खानपिनमा रमाइनेछ ।  धैर्यताको साथ लिएर काम गर्नुहोला । मान सम्मान पनि प्राप्त होला । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update