काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त–६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गएराति वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए ।
भीमदत्त नगरप्रमुख पदम बोगटीले पनि उनको मृत्यु भएको बताए । ‘प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ,’ उनले भने ।
बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका वडाध्यक्ष खड्का त्यसपछि दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० ११:१८
प्रतिक्रिया दिनुहोस्