Odapalika - The Fourth Estate - चौथो अंग
मौवाखोलाका पहिरो पीडितका घर बनाउन श्रमदान आह्वान  

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पहिरोबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । 

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले ३ दिनमा १५ अस्थायी घर निर्माण भइसकेको बताउँदै टोल विकास स.स्थाहरुसँग समन्वयमा काम भइरहेको बताए । 

उनले बाढीपहिरो पीडितलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण स्वःस्फूर्तरूपमा सहभागी हुन श्रमदान गर्न स्थानीयलाई आग्रहसमेत गरेका छन् । 

गाउँपालिकाका अनुसार जोखिममा रहेका ओदक क्षेत्रका ६४ घरपरिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको मदन भण्डारी रंगशालामा अस्थायी एकीकृत बस्ती बनाएर स्थानान्तरण गरिदै छ । 

गत २ असारमा आएको पहिरोले ओदकका घरहरू जोखिममा परेका छन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिकरूपमा उपलब्ध गराउन आग्रह गरेको छ । 

६४ घरपरिवारलाई एकीकृत बस्ती निमार्ण गर्न १ करोड रुपैयाँ खर्च लाग्ने देखिएको  निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकार दिएकी छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update