Odapalika - The Fourth Estate - चौथो अंग
साल्ट ट्रेडिङले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update