Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल ल्यूव आयलले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडौँ । नेपाल ल्यूब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई बोनस सेयर २५ प्रतिशत र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, “देश  र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र  संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ।  नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा  प्रतिबद्ध छन्।“   

 नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । 

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८।४  प्रतिशत सहभागी उपस्थित रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update