Odapalika - The Fourth Estate - चौथो अंग
आईपीओ निष्कासनको निर्णय गर्न शनिबार बिशेष साधारण सभा गर्दै बन्दिपुर केबलकार

काठमाडौँ । बन्दिपुर केबलकारले आईपीओ निष्कासनको तयारी गरेको छ । पर्यटकीय ग्राम तनहुँको बन्दिपुरमा निर्माणधिन पर्यटन पुर्वधारयुक्त केबलकार परियोजनाको विकास गरिरहेको बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणहरुको लागि प्रथामिक शेयर निश्काषन गर्न लागेको हो । 

आईपीओ निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउने कम्पनीले पुस २८ गते शनिबार साधारण सभा आह्वान गरेको छ । 

सभामा नियमित  एजेन्डा  बाहेक विशेष  प्रस्तावको रुपमा  कम्पनीको आईपिओ निश्काषन गर्ने प्रस्ताबलाई पारित गरि औपचारिक रुपमा अगाडी बढ्ने  गरि  तयारी गरेको कम्पनि सचिव  रमनमान श्रेष्ठले जानकारी दिए  । 

कम्पनीले १००  रुपैयाँ  अंकित ३० लाख ६० हजार कित्ता  सेयर रु ३० करोड ६० लाख रुपैयाँ  बराबर हुने गरि प्रथामिक शेयर निश्काषन गर्नेछ । जुन २ अर्ब ५५ करोड चुक्ता पुजि रहेको कम्पनीको १२ प्रतिशत हो । 

कम्पनीले २ प्रतिशत स्थानियलाई  र  २ प्रतिशत प्रवासी नेपाली, मिचुअल फण्ड, कम्पनिको कर्मचारीहरुको लागि छुटाइएको कम्पनीका  सचिवले जानकारी दिए । 

उक्त परियोजना अन्तरगत केबलकार निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । उक्त परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीको दाबि छ । 

३ अर्ब ५८ करोड रुपैयाँ बराबरको लागतमा कम्पनीले बन्दिपुरमा केबलकार निर्माण गरेको हो । जसको ऋण १ अर्ब ३ करोड  रहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update