Odapalika - The Fourth Estate - चौथो अंग
धमिलिकुवा स्वास्थ्य चौकीमा जोडियो भिडियो एक्सरे मेसिन

काठमाडौँ । लमजुङको राइनास नगरपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । पालिकामै पहिलो पटक वडा नं. ६ स्थित धमिलिकुवा स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । 

गण्डकी प्रदेश सरकारले पालिकाले माग गरेअनुसारको मेसिन उपलब्ध गराएसँगै बुधबार एक कार्यक्रमकाबीच मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । 

राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले स्वास्थ्य चौकी इन्चार्ज राम खनाल र सिनियर अनमी सरस्वती चिलुवाललाई उक्त मेसिन हस्तान्तरण गरेसँगै सेवा सुचारु भएको छ । 

प्रदेश सरकारले सहयोग गरेको १२ लाख रुपैया बरावरको उक्त उपकरण सहयोग गरेको हो । 

यसअघि पालिका भित्रका गर्भवति महिलाहरुलाई गर्भ जाँच गराउनकै लागि पालिका वाहिर तथा सहरबजार धाउनुपर्ने बाध्यता थियो । पालिकामै सेवा सुरु भएपछि ग्रामीण भेगका महिलाहरुलाई गर्भ जाँचका लागि सहज हुने भएको छ । ग्रामीण अल्ट्रासाउण्ड सेवा प्रवाहका लागि तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update