Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्ज महानगरले बढायो बजेटको आकार 

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्दै २५ करोड रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ । 

वुधबारबाट सुरु भएको नगरसभाले पुरक बजेट ल्याउने निणृय गरेको  नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । 

नगर सभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको हो । महानगरले यसअघि ३ अर्ब २१ करोड रुपैयाँको बजेट ल्याएको थियो । 

नगरसभाल थप ४ हजार घरधुरीमा धारा जडान गर्न ८० लाख रुपैयाँ थप छुट्ट्याएको छ । यसका लागि भारतीय दूतावासले ८० प्रशित रकम व्यहोर्ने छ । 

नगरसभामा वीरगञ्ज महानगर सभाको कार्य सञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं संवद्र्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक पेश भएका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update