काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका काजगातमा नेपाल संवत् लेख्न अनुरोध गर्दै पत्राचार गरेको छ ।
संघीय मन्त्रिपरिषदले गत २७ कात्तिकमा विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा अनिवार्य नेपाल संवत् लेख्ने निर्णय गरेपछि मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आग्रहमा निर्णय कार्यान्वयन गर्न देशभरका स्थानीय तहमा पत्राचार गरेको हो ।
सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा नेपाल संवत् अनिवार्य गर्ने निर्णय गरेको थियो ।
स्थानीय सरकारहरुले गरेका पत्राचार, उनीहरुका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएको भन्दै यस्तो पत्राचार गरिएको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
सरकारको निर्णय लगत्तै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल संवत् लेख्ने विधि र तरिका सरकारलाई सिफारिस गरिसकेको छ ।
समितिका अनुसार विक्रम संवत् उल्लेख हुने कागजातमा नेपाल संवत् लेख्दा ९ वटा तरिका अपनाउनुपर्ने छ । उसले हरेक दिन यो सम्वत कसरी लेख्ने भनेर समेत सुझाएको छ ।
यस्तो छ समितिले सिकाएको तरिका