Odapalika - The Fourth Estate - चौथो अंग
किर्ते नागरिकता प्रकरणः वीरगञ्जका मेयरको संलग्नताबारे छानविन गर्न समिति गठन 

काठमाडौँ । किर्ते नागरिकता जारी गरेको अभियोग लागेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानविन समिति गठन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणबारे यो समितिले  ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्ने अख्तियारी पाएको छ । रुविना श्रेष्ठलाई दिइएको नागरिकता विवादमा परेपछि उनीमाथि छानविन थालिएको हो । 

पर्साका राजनीतिक दलका नेताहरुले समेत यो प्रकरणको छानविन गर्न माग गरेपछि समिति बनाइएको प्रशासनले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागि बोलाइसकेको छ । 

तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रूपमा सनाखत गराएर नागरिकता वितरण गरेको अभियोग छ । 

समितिले मेयर सिंहलाईसमेत बोलाएर सोधपुछ गर्ने जनाएको छ । नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंह सहित उनको नागरिकता नम्बर ३४१६०३८१७ उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update