Odapalika - The Fourth Estate - चौथो अंग
खिर दिवस र लम्पी स्किनको समस्या 

काठमाडौँ । नेपाली समाजमा हरेक महिना कुनै न कुनै पर्व र चाडहरु पर्छन् । कहिले दही चिउरा खाने नेपाली समाज कहिले खिचडीमा खान रुचाउँछ । कहिले सेल घ्यु चाकु मन पराउने यो समाजकहिले सातु पानीमा रमाउँछ । 

आज भने १५ साउन अर्थात खिर खाने दिन हो । देशभरका गाईवस्तु लम्पी स्किनले थला परेको बेला यसपटक खिर खानलाई दूधको समस्या नपर्ला । तर यसपटकको खिर खुवाई ती दूधालु गाई र भैँसीहरुको शीघ्र स्वास्थ्यलाभको कामनामा पनि केन्द्रित हुने भएको छ । नेपालमा प्राचीन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । 

साउनमा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाइन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । लम्पी स्किनका कारण केही फरक अवस्थामा यसपटक दूधको आपूर्तिको व्यवस्था कसरी हुन्छ ? यसबारेमा नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसंगको कुराकारी प्रस्तुत गरेका छौं । 

खिर खाने दिनको लागि दूधको माग कति छ ? अन्यदिनको र अघिल्लो वर्षहरुको तुलनामा ?

नेपालमा दैनिक ३१ लाख लिटर दूध खपत भइरहेको छ । अघिपछि जुन ५० प्रतिशत दूध खपत हुन्थ्यो लगभग १६ लाख लिटर हो ।

 खिर खाने दिनको लागि लगभग त्यसको चार दोब्बर ६० लाख लिटरजति दूध खपत हुन्छ । अघिल्लो वर्षको र अहिलेसम्मको तुलना गर्दा यो वर्ष अलि माग कम छ । किनभने अहिलेको विविध कारण मूल्यवृद्धि र आर्थिक मन्दीको कारणले गर्दा यो वर्ष खपतकम हुन्छ कि भन्ने हाम्रो आँकडा छ ।

आज खिर खाने दिन सबै किसानहरुको घरमा खिर पाक्छ कि पाक्दैन् ?

परापूर्व कालदेखिनै पूर्खाहरुले बिशिष्ट खिर खाने दिनको रुपमा लिएका छन् । आयूर्वेदिक हिसाबले पनि अत्यन्तै महत्वपूर्ण खानाको रुपमा लिइन्छ । हिजो हाम्रो पूर्खाहरुले चलाएको चलनअनुसार पनि बर्खा याममा हिलोमा काम गर्नुपर्ने चिसो लाग्ने र विरामी हुने भएकाले खिरमा मसला हालेर खाने गरेको पाइन्छ र यसलाई सबैघरमा सबै किसानहरुले खिर खान नसक्ने हुनाले  एक दिनचाँहि खिर खाने दिनको उत्सबको रुपमा मनाएको छ । प्रत्येक घरमा नेपालीहरुले खिर खान्छन् । 

यसपटक खिर खानलाई दूधको समस्या नपर्ला । तर यसपटकको खिर खुवाई ती दूधालु गाई र भैँसीहरुको शीघ्र स्वास्थ्यलाभको कामनामा पनि केन्द्रित हुने भएको छ ।

राष्ट्रिय दूग्ध विकास वोर्डले खिर दिवसको रुपमा पनि मनाउने गरेको कारणले साउन १५ मा खिर खाने गर्छन् । झन् नयाँ कुरा अहिले विद्यालय र अफिसहरुमासमेत अरु खाजा नखाई खिर नै खाने प्रचलन आएको छ । त्यसले गर्दा हाम्रो मैलिकता बचाउने काम गरेको छ । आउने पुस्तालाई हाम्रो मौलिकता परम्परा हो यसले हाम्रो पर्यटकहरुलाई आकर्षण गर्न सक्छ भन्ने बुझाउनुपर्छ  । 

हाम्रो देशमा जतिपनि उत्पादन भएको कुराहरु छन् सबै खाने दिनको रुपमा छन् । घिउ खाने चाकु खाने ,दहिचामल खाने खिर खाने होस्,सबै खाने कुरा दिनकुनै न कुनै दिन सबैले खाने चलन चलाएकोले खिर खाने दिनको पनि सुरुवात भएको  हो । 

अरु भन्दा खिर खाने दिनअलि बढि आयूर्वेदिक हिसाबले पनि बिशेष रुपमा लिइन्छ रोग प्रतिरोधात्मक शक्ति पनि खिरमा हुने गर्छ । त्यसैले पनि यसको महत्व एकदमै धेरै छ । 

लम्पी स्कीन रोगकाकारण उत्पादनमा असर परेको छ भनिन्छ माग पूरा हुन्छ त ?

लम्पी स्कीनमा विशेषज्ञहरुले राष्ट्रिय दूग्ध विकास वोर्डले मन्त्रालयले पशुपंक्षी विकास विभाग सबैले यो रोग लाग्दा पहिले त दूध नै दिँदैन् बजारमा आउँदैन् र आएपनि खाँदा फरक पर्दैन यो सरुवा रोग होइन् भन्ने कुरा आएको फरक परेको छैन । दूध अलिकम भएको छ तर साउन १५ लाई भनेर सबै व्यवसायीहरुले एक हप्ता अघिदेखि नै मागअनुसारको तयारी गरी पूर्ति गर्न सक्छौं । 

यस्ता विशेष चाडपर्वलाई लक्षित गरेर कुनै तयारी हुन्छ दूध उत्पादनको ?

किसानहरुले जतिगाई भैसीले जति दूध दिन्छ त्यति नै हो । तर त्यसको त्यसको व्यवस्थापन चाँहि उद्योगीहरुले गर्छन् । दूधमा लिन र फ्लस् सिजन भन्ने हुन्छ । फ्लस् सिजनमा दूध बढि भएको हुन्छ । त्यो बेलामा हामी पाउडर दूध बनाएर राख्छौं र त्यसलाई बिशेष माग भएको बेला पाउडर दूध मिसाएर बजारमा लान्छौं । 

पाउडर दूध दूधबाट नै बन्ने भएकाले त्यो खान उपयुक्त चिज नै हो । त्यसलाई कताकता पाउडर दूध खान हुन्न भन्ने हुन्छ तर त्यो राम्रो दूध नै हो । त्यसरी पु¥याउछौं । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update