Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सभा निर्वाचन : निर्वाचन खर्च साढे ३ लाख, बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । 

निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने जनाएको हो । 

‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने छन्’, सूचनामा भनिएको छ । 

आयोगले उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने जनाएको छ । 

आयोगका प्रवक्ता सहसचिव शालिकराम पौडेलले उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न आग्रह गरे । उनले  यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाममा नामेसी सहितको विवरण निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनन, २०७५ को दफा ६५ तथा निर्वाच्न (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नसमेत दिर्नेशन दिईएको जानकारी दिए ।

राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले मैदानमा छन् । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update