Odapalika - The Fourth Estate - चौथो अंग
कर्णालीबाहेक सबै प्रदेशमा भारी बर्षा प्रक्षेपण 

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज (सोमबार) पनि आंशिकदेखि सामान्य बदली रहीे हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । 

भारी वर्षाका कारण हुनसक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । भारी वर्षा, बाढी र पहिरोका कारण जन–स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । 

महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति भने कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनो छ । 

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ ।

मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update