Odapalika - The Fourth Estate - चौथो अंग
धनु र मकरले धन कमाउदा कर्कट र मीनको सोचेभन्दा वढी  खर्च 

आजको पञ्चाङ्ग 

तिथि: चतुर्थी, नक्षत्र: शतभिषा, करण: बणिज, चन्द्रराशि: कुम्भ, सूर्योदय: ०६: ५८, सूर्यास्तः १७ः २९, दिनमान: २६: १७ घडी, राहुकाल: दिउँसो ०७: ३० देखि ०९: ०० बजेसम्म । 

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

सुखद यात्रा हुनेछ । आजको दिन फलदायक छ । सुखद र रमाइलोसँग दिन बित्नेछ । मिष्ठान्न भोजन हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन त्यति फलदायक छैन । मनोरञ्जन भेटघाटमा दिन बित्नेछ । आर्थिक क्षति हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईंको आज भाग्यको ढोका खुल्नेछ । शत्रु परास्त हुनेछन् । यात्रा सुमधुर र रमणीय हुनेछ । खानपानमा सहभागी भइनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

विशेष कामले यात्रा हुन सक्नेछ । गरेको कामबाट असन्तोष  होइएला । खर्चिलो दिन रहेको छ । स्वस्थ्यको पनि विशेष ख्याल राख्नुहोला । 

सिंह (मा मि मु मे मो टा टि टु)

आजको कार्य सफल हुनेछ । जोश जाँगरले काम बन्नेछ ।  कर्म अनुसारको फल प्राप्त हुनेछ । परिवारको पूर्ण साथ रहनेछ । 

कन्या (टो प पि पु ष ण ठ पो)

गरेको कामको जश शत्रुले लिनेछन् । वादविवादमा पर्न सकिन्छ । मन अस्थिर हुनेछ । आज लेनदेन नगरेकै राम्रो । धन खर्च हुनेछ ।

तुला  (र रि रु रे रो ता ति तु ते)

आजको दिन आनन्ददायक रहनेछ । कुनै महत्वपूर्ण सामान पाउनु हुनेछ । सन्तानको पूर्णसाथ पाइन्छ । आजको यात्रामा रमाइलो रहनेछ । बोली बिक्नेछ ।    

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तपाईँको दिन सुखद देखिन्छ । गरेको कामबाट मान्यजन सन्तुष्ट हुनुहुनेछ । साथीभाइसँग मनोरञ्जनपूर्ण र रमाइलो गरी दिन बित्नेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

समय राम्रो रहेकाले आम्दानी बढ्नेछ । आज मनमा भने खिन्नता आउने देखिन्छ । तपाईँको पराक्रमले काम भने बन्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

धनप्राप्ति तथा श्रीप्राप्ति योग देखिन्छ । गुमाएको सामान प्राप्त हुनेछ । भोजभतेर र खानपिनमा समय खर्चिनु पर्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज घुमफिरको कारणले थकित हुनुहुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । सबैको साथ पाउनुहुने देखिन्छ । 

मीन  (दि दु थ झ ञ दे दो चा ची) 

 सोचेभन्दा बढी खर्च हुनेछ । लामो यात्रा हुन सक्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला । धनागमन भने हुनेछ ।          
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update