Odapalika - The Fourth Estate - चौथो अंग
बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी, अन्यत्र यस्तो छ मौसम 

काठमाडौँ । आज बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभागले जानकारी दिएको छ । 

विभागका अनुसार कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको भने सामान्यतः मौसम खुलेको देखिने छ । साथै तराईका अधिकांश स्थानमा भने आजपनि हुस्सुले ढाक्ने बिभागको भनाइ छ । 

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने अनुमान बिभागको छ । 

राति भने पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा सामान्य हिउँ पर्नसक्ने बिभागको अनुमान छ । 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update