Odapalika - The Fourth Estate - चौथो अंग
सियारी गाउँपालिकाको सफलताः ४ महिनामा ३० योजना सम्पन्न 

काठमाडौँ । रुपन्देहीस्थित सियारी गाउँपालिकाको गाँउ सभाको १४औं अधिबेशन सुरु भएको छ । अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् ।

अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन र दीगो पुर्वाधारमा योजनाबद्ध रुपमा बिकास गर्दै लैजाने बताए ।

अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाले बित्तीय जोखिम मुल्याङ्कन (एफआरए)मा रुपन्देहीमा उत्कृष्ट कार्य गरेको बताए । पालिकाले एफआरएमा ७५ दशमलम ५ प्रतिशत अंक ल्याएको छ ।

त्यस्तै स्थानीय तह स्वमुल्याङकन (लिजा) मा ८८ दशमलव ५ प्रतिशत ल्याएर रुपन्देहीका गाउँपालिकामा पहिलो बनेको गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिए । उनले सियारी गाउँपालिकाको सम्पुर्ण राजश्व संकलनको कार्य सुत्रमार्फत हुने गरेको बताए । यसले राजश्व चुहावटबाट हुन सक्ने बित्तय जोखिम पनि कम हुदै गएको बताए ।

सियारी गाँउपालिकाले चालु आर्थिक बर्षमा सम्झौता भएका ३९ वटा योजना मध्ये प्रथम चौमासिकसम्म ३० बटा योजना सम्पन्न भइसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । 

अध्यक्ष घिमिरेले बाँकी रहेका योजनाको काम सम्पन्न गर्न सम्बन्धीत सरोकारवालाई सवैलाई निर्देशन दिएका छन् ।

सियारीमा कृषि, पर्यटन र सिचाईका क्षेत्रमा उल्लेख्य मात्रामा काम भइरहेको बताउदै अध्यक्ष घिमिरेले कृषि क्षेत्रको बिकासका लागि आबश्यक बजेटको प्रबन्ध मिलाएर अगाडि बढ्ने बताए ।

गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारी गाउँपालिकाले न्यायिक क्षेत्रमा गरेका कामको बिषयमा सभामा प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष थारुले सियारीले लामो समयदेखि अल्झिएका विवादलाई पनि न्यायीक समितिबाट निरुपण गरिएको बताइन् ।

अधिवेशनको पहिलो बैठकमा सियारीका प्रमुख प्रशाशकीय अधिकृत ऋिषिराम पन्थीले सञ्चालन गरेका थिए । गाउँसभाको अर्को बैठक सुचना प्रकासित भएपछि बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update