Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । आइतबार काठमाडौँमा भएको कम्पनीको छैटौँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको हो । 

जसअनुसार संस्थापक समूहबाट ४ जना शिक्षा भट्टचन (प्रतिनिधि नेपाल इन्भेस्टमेन्ट प्रालि), सुशन शेरचन, सम्झाना अर्याल र वीरेन्द्र जंग पाण्डे (प्रतिनिधि ज्योति बिकास बैंक लि) तथा सर्वसाधारण समूहबाट २ जना ज्योति शेरचन (प्रतिनिधि नेपाल होल्डिङ) र शंकर गौतम (प्रतिनिधि लिबर्टी होल्डिङ) चयन भएका हुन् ।

यस्तै, वार्षिक साधारणसभाले कम्पनीको चुक्तापुँजी बढाउन १७ प्रतिशत हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव समेत पारित भएको छ । 

पुँजी वृद्धिपश्चात सोहीअनुसारको चुक्तापुँजी कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ । 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update