Odapalika - The Fourth Estate - चौथो अंग
न्यूनचापीय प्रणालीको असरः पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिउँ 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भागमा वर्ष हुनसक्ने बताएको छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बताएका छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोले ढाक्ने भनेको छ । 

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम  सफा रहने भनेको छ । 

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली हुनसक्ने सम्भावना भनेको छ । 

राति कोसी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बिभागको भनाइ छ ।

बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको कारण केही भागमा वर्षा र हिमपात हुनसक्ने तर्क विभागको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update