Odapalika - The Fourth Estate - चौथो अंग
निफ्राका सीईओ खतिवडाले दिए राजीनामा

काठमाडौँ ।  नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । 

उनले पुस २९ गते नै माघ १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । उनले दिएको राजीनामा अनुसार सञ्चालक समितिको बैठकले माग १ गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत गरिसकेको छ । 

२०७७ को माघ १ गते खुला प्रतिस्पर्धाबाट खतिवडा निफ्राको सीईओमा नियुक्त भएका थिए । 

खतिवडाले सीईओ खतिवडाको राजीनामा स्वीकृतसँगै सञ्चालक समितिले बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त सीईओको जिम्मा दिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update