Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले मनायो भूकम्प स्मृतिसभा, विपतजन्य काम गर्ने सुरक्षाकर्मीलाई हौसला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा भूकम्प स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । मंगलबार बिहान नयाँ सडकस्थित भूगोल पार्कमा महानगरले उक्त कार्यक्रम आयोजना गरेको हो । 

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ ।

विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो । 

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले, स्वयमसेवालाई राष्ट्रिय प्रणालीमा आवद्ध गरेर विपदजन्य जोखिम व्यवस्थापन गर्ने योजना गरिएको बताए । ‘काठमाडौँ महानगरपालिकाले विपद पूर्वतयारी, विपतका समयमा गरिने खोज तथा उद्धार, विपदपछिको पुननिर्माणमा गरेको काम अन्य पालिकाहरुका लागि पनि सिकाइ रहेको छ ।’ उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले भने, ‘जाजरकोट भूकम्पमा काठमाडौँ महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ ।’

उनले काठमाडौँका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयबाट काम गर्नुपर्नेमा जोड दिए ।

‘भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रबर्धन गर्न सक्छौँ ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन, ‘विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाहरुको सवलीकरण, खुला ठाउँको संरक्षण, विपत सिर्जित संकटबाट बच्न समुदाय स्तरीय संयन्त्रमा महानगरपालिकाले ध्यान दिएको छ ।’ 

विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, विपतजन्य जोखिम कम भूगोल र सामाजिक परिवेशअनुसारको संयन्त्र निर्माणमा काम गरिरहेको बताए । 

बिपतका कार्यक्रममध्ये काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका पूर्व तयारी, पुनःनिर्माण र पुनःलाभका कार्यक्रम र यी कार्यक्रम सञ्चालन गर्न अबलम्बन गरिएको समन्वयनको पक्षको सिकाइ अन्य पालिकामा प्रबर्धन गर्नु पर्ने राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले धारणा राखेका थिए । 

विगतका भूकम्पले मानव समाज, भौतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पु¥याएको प्रतिकुल असरको लेखाजोखा गरेर विपतका समयमा सकेसम्म सुरक्षित बनाउन, जुझारु उत्थानशील सहरका रुपमा रुपान्तरण गर्न संकल्प चाहिएको छ । कार्यक्रममा विपत व्यवस्थापन विभागका प्रमुख गंगाधर गौत्तमले धारणा राखे ।

काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन ऐन जारी गरिसकेको छ । यसले पूर्वतयारी, प्रतिकार्य र पुनःलाभका लागि काम गर्ने दिशानिर्देश गरेको छ ।  

‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नारासहित यो बर्षका कार्यक्रम मनाइँदैछन् । २०७९ सालमा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ २०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’, ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवसका कार्यक्रम मनाइएका थिए । 

विश्वमान चित्रमा भूकम्पजन्य विपतका दृष्टिले नेपाल ११औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, २०७२ सालमा पश्चिम, २०८० सालमा मध्य पश्चिमका रुकुम पश्चिम र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पले ठूलो जनधनको क्षति गरेका छन् ।  

स्मृतिसभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । 

महानगरले नगर प्रहरी निरीक्षक शम्भु विष्ट, नगर प्रहरी नायब निरीक्षक (फायर कमाण्डर) नरेशबहादुर कुँवर, नगर प्रहरी नायव निरीक्षक (फायर कमाण्डर) गगनबहादुर गुरुङ्, दमकल चालक तथा पम्प अपरेटर नवराज सुवेदी र कार्यालय सहयोगी तथा अग्नि नियन्त्रक रामबहादुर खत्रीलाई सम्मान गरेको हो । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update