Odapalika - The Fourth Estate - चौथो अंग
भोलिदेखि चापाकोट नगरपालिका मेयर कप, यस्ता छन् खेल 

काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिकामा बुधबारदेखि छैटौं मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाको आयोजनामा चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौरमा बुधबार अर्थात ६ माघदेखि ३ दिनसम्म चल्ने छ । 

२८ पुसमा बसेको नगर कार्यपालिकाको निर्णय अनुसार बुधबारदेखि छैटौं मेयर कप खेलकुद प्रतियोगिता सुरु हुन लागेको नगरपालिकाले जनाएको छ । 

चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र खनालले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । उनका अनुसार बुधबारदेखि मेयर कप खेलकुद प्रतियोगितामा वडा स्तरीय फुटबल, महिला पुरुष भलिबल, व्याडमिन्टन र जनप्रतिनिधिबीच कुर्सी दौड प्रतियोगिता हुनेछ । 

नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि मेयर कप खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको अधिकृत खनालको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update