Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

काठमाडौँ । नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । यहि माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो ।

नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एस एस कलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो । 

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्निोलोजी(नास्ट), नेसनल इनोभेसन सेन्टर(एनआइसी),युनेस्को नेपाल, रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी (आरडिएस) र साइन्स टिचर्स नेपाल लगायतको सहकार्यमा सम्मेलन गर्न लागिएको हो ।

उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले शोधकर्ताको रुपमा सम्मेलनमा भाग लिन सक्ने आयोजकले जनाएको छ ।

युवा शोधकर्ताहरुका लागि विभिन्न ६ वटा विधामा छुट्टाइएको छ । जस अन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स, जीवन विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।

सम्मेलनमा विशेषगरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ ।

सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु,भिडियो क्लिपका साथै पोष्टर र मौखिक रुपमा प्रस्तुतकरणका आधारमा छनौट गरिने आयोजकले जनाएको छ ।

युवा शिखर सम्मेलनमा सहभागी युवाहरुलाई विभिन्न उपाधि,प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदक समेत प्रदान गरिने छ । प्रत्येक विधाका विजेताहरुलाई १३ औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउने छन् । पुरस्कारका विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरका अन्य खोज अनुसन्धानमुलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update