Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयले सरुवा गर्नुपर्ने १० कर्मचारी संगठनको माग

काठमाडौँ । सुदुरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, संचालन र सेवाको सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधान सच्याउन माग गर्दै सुदूरपश्चिमका १० वटा कर्मचारी संगठनले आज मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । 

स्थानीय कर्मचारी युनियन सुदूपश्चिम प्रदेशका अध्यक्ष अशोक पाण्डेयका अनुसार आज मुख्यमन्त्रीलाई ३ महले संशोधनसहितको संसोधन प्रस्ताव पेश गरिएको हो । 

कर्मचारीहरुले यो विधेयकमा २०७६ सालमा संघीय लोकसेवा आयोगले विज्ञापन गरेर शाखा अधिकृत छैटौ तहमा भर्ना भएका कर्मचारीलाई स्वतः सातौँ तहमा बढुवा गर्ने व्यवथा विधेयकमा हुनुपर्ने सुझाव पेश गरेका छन् । 

उनीहरुले विधेयकमा स्थानीय तहका कर्मचारीको सरुवा हुन कार्यरत र सरुवा भइ जाने पालिका दुबैको सहमति अनिवार्य हुनुपर्ने विधेयकको प्रावधान पनि संशोधन गर्न माग गरेका छन् । 

यो व्यवस्थालाई हटाएर मुख्यमन्त्रीको कार्यालयले सोझै सरुवा गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।  सुझाव पत्रमा कर्मचारीहरुले स्थानीय तह कर्मचारीसम्वन्धि ऐन जारी भएपछि हाल अस्थायी र करारमा कार्यरत कर्मचारीले एकपटकका लागि आन्तरिक सिमित प्रतिस्पर्धाबाट स्थायी नियुक्ति हुन पाउनुपर्ने व्यवस्था राख्नसमेत माग गरेका छन् । 

यस्ता छन् कर्मचारीहरुको माग 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update