Odapalika - The Fourth Estate - चौथो अंग
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ?

काठमाडौँ । सरकारले नागरिक लगानी कोष सहितका निकायहरुको प्रमुख नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो नियुक्ति गरेको हो ।

सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

यस्तै, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।

यस्तै, सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय भएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update