Odapalika - The Fourth Estate - चौथो अंग
घुस लिदालिदै रंगेहात पक्राउ परे वडाअध्यक्ष वादे

काठमाडौँ । बनेपा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नृृपेश वादे घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार  राती १५ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो । 

वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले जानकारी दिए । 

दुबै जनामाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जानकारी दिएको छ ।

akthyar1705555437.jpg

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update