Odapalika - The Fourth Estate - चौथो अंग
स्टार्टअप अनुदानका लागि ६४९ स्थानीय तह अयोग्य ! यी हुन् अनुदान पाउने पालिका 

काठमाडौँ । नवप्रवर्तन (स्टार्टअप)का लागि दीगो आर्थिक विकास कार्यक्रममा लागि देशभरका जम्मा १०४ वटा स्थानीय तहमात्र छनौट भएका छन् । 

संघीय मामिला मन्त्री अनिता देवीले नवप्रवर्तन कार्यविधिअनुसार देशभरका १०४ वटा स्थानयि तहले मात्र ससर्त अनुदान पाउने निर्णय गरेकी छन् । 

स्थानीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ । 

मन्त्रालयले कार्यविधि अनुसार देशभरका ४६२ स्थानीय तहहरु नवप्रर्वतन कार्यविधि अनुसारका योजना संचालन गरेवापत पाउने ससर्त अनुदानका लागि योग्य भएको भन्दै गत ५ पुसमा सूचना सार्वजनिक गरेको थियो । 

सम्बन्धित समाचार

नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह 

स्थानीय उत्कृष्ट योजनालाई ५ लाख अनुदान, पालिकाले दिनेछ थप २ लाख

देशभरका ७५३ स्थानीय तहमध्ये सूचकका आधारमा ४६२ पालिकाले यो कार्यक्रममा सहभागिता जनाउन पाउने भएपनि १०४ वटा पालिकाले मात्र तोकिएका सबै मापदण्ड पुरा गरेको भन्दै मन्त्रीले अन्य पालिका यो कार्यक्रममा अयोग्य हुने निर्णय गरेकी छन् । 

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि बमोजिम मूल्यांकन गरेको, गत आथिक वर्षमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा भाग लिइ तोकिएको समयमा स्वमूल्यांकन गरेका स्थानीय तहलाई शसर्त अनुदान पाउन योग्यका रुपमा सुचीकरण गरिएको थियो । 

त्यसैगरी गत आर्थिक वर्षमा तोकिएको समयमै बजेट ल्याएका र पछिल्लो आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार ५ प्रतिशतभन्दा बढी बेरुजु नभएका स्थानीय तहले मात्र नवप्रवर्तनमा आधारित कार्यक्रम संचालनका लागि शसर्त अनुदानको रकम पाउने सूचीमा सहभागी भएका थिए । 

तर आज मन्त्रीस्तरीय निर्णयबाट अनुदान पाउन योग्य भनेर सार्वजनिक गरिएका पालिकाको संख्या ४६२ पालिका मध्येबाट कार्यविधिमा तोकिएको योग्यता र आधार १०४ वटा पालिकाले मात्र पुरा गरेका छन् । 

के छ कार्यविधिमा ? 

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन कार्यविधि २०८० ले एक स्थानीय तह एक उत्पादनसहित आर्थिक विकासका कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने मार्गनिर्देश गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय क्षेत्रमा आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन र उत्पादकत्व वृद्धिका लागि कार्यविधि बनाइएको हो । कार्यविधिले नवप्रवर्तनलाई आत्मसाथ गर्दै स्थानीय तहको दीगो आर्थिक विकास गराउने उद्धेश्य राखेको छ । 

पूर्वाधार निर्माण, आर्थिक सशक्तिकरण, सीप विकासलगायतका क्षेत्रमा लागु हुने यो कार्यविधिअनुसार कार्यक्रम संचालन गर्न चाहने हरेक स्थानीय तहले स्थानीय आर्थिक विकासको प्रोफाइल तयार पर्नुपर्ने सर्त राखिएको छ । 

स्थानीय तहले आर्थिक विकास योजना बनाउनुपर्ने र सयको सर्वेक्षण गर्नुपर्ने सर्त पुरा गरेपछि बल्ल स्थानीय आर्थिक विकासको वार्षिक कार्यक्रम तयार गर्न पाउने उल्लेख छ । यस्ता कार्यक्रम भने नवप्रवर्तनमा आधारित हुनुपर्ने उल्लेख छ । 

कार्यविधिअनुसार हरेक वडाले आर्थिक सचेतना कक्षा संचालन गरेपछि नवप्रवर्तन परियोजनामा काम गर्न चाहनेहरुको ३ देखि ७ जनासम्मको उद्यम विकास समूह गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

१५ प्रतिशत लागत सहभागिता व्यहोर्ने र कम्तीमा ३ वर्ष नवप्रवर्तनका योजनालाई निरन्तरता दिने प्रतिवद्धता पेश गर्ने समूहलाई मात्र नवप्रवर्तन कार्यक्रममा सहभागी गराउन मिल्ने कार्यविधिमा उल्लेख छ । 

नवप्रवर्तनका योजना बनाइ स्वीकृत भएमा यस्ता प्रस्तावलाई न्युनतम २ देखि ५ लाख रुपैयाँसम्म बीउ पूजी अनुदानका रुपमा उपलव्ध गराइने कार्यविधिमा उल्लेख छ । यस्तो रकम नवप्रवर्तन समूहहरुले २ किस्तामा पाउनेछन् । 

व्यवसाय सम्मेलनको व्यवस्था 

कार्यविधिमा स्थानीय तहले नवप्रवर्तनमा आधारित नयाँ व्यवसाय गर्न इच्छुक स्थानीय युवालाई लक्षित गरी वार्षिकरुपमा युवाहरुको व्यवसाय सम्मेलन आयोजना गर्न सक्ने उल्लेख छ । जसलाई स्टार्टअप सम्मेलनका रुपमा कार्यविधिले कल्पना गरेको छ । 

यो सम्मेलनमा पेश भएका उत्कृष्ट ५ वटा प्रस्तावलाई संचालन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले अनुदान दिने व्यवस्था कार्यविधिमा छ ।

सम्मेलनमार्फत छनोट भएका प्रस्तावलाई कार्यपालिकाले वढीमा २ लाख रुपैयाँ बीउ पुँजीस्वरुप अनुदान दिनुपर्ने कार्यविधिमा उल्लेख छ । तर यसका लागि पनि १५ प्रतिशत लागत सहभागिता भने प्रस्ताव पेश गर्ने समूह र व्यक्तिले नै व्यहोर्नुपर्नेछ ।

यी हुन् अनुदान पाउन छनौट पाएका पालिका 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update