Odapalika - The Fourth Estate - चौथो अंग
सेबोनको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्‍यो सिफारिस समिति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

धितोपत्र सम्बन्धी ऐज २०ं६३ को अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । 

सोही व्यवस्था अनुसार सरकारले उक्त समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् । 

तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ ।

अब समितिले अध्यक्ष छनोट सम्बन्धि कार्यविधि बनाइ विज्ञापन आह्वान गर्नेछ । सबै प्रक्रिया पुर्याएर ३ जनाको नाम मन्त्रीपरिषदमा लैजाने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update