Odapalika - The Fourth Estate - चौथो अंग
फेदीखोला गाउँपालिकाका सबै विद्यार्थीको बैँक खाता, पालिका र बैकले हाल्नेछन् पैसा 

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिका भित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिने भएको भएको छ । 

स्कुले जीवनदेखि नै बचत गर्ने बानीको विकास र उद्यमशीलता प्रर्वद्धन गर्न भन्दै पालिकाले प्राइम कमर्सियल बैंकसँग खाता सञ्चालनको सम्झौता गरेको छ ।

सुरुवाती चरणमा पालिका र बैंकले एक/एक सय रुपैयाँ गरी २०० रुपैयाँ राखेर विद्यार्थीको खाता सञ्चालन गरिदिनेछन् । 

फेदीखोला गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक उपार्जनमा सहभागी गराउन साथै सानो उमेरबाट बचत गर्ने बानी तथा उद्यमशीलताको विकास गराउने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा उक्त कार्यक्रमलाई समेटेको थियो । 

बजेटमा नै व्यवस्था भएअनुसार बिहीबार पालिका र बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार प्राइम कमर्सियल बैंकले प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीको निःशुल्क खाता खोल्ने र उक्त खातामा फेदीखोला गाउँपालिका र प्राइम बैंकले प्रत्येक विद्यार्थी शिशु कक्षा देखि १२ कक्षा सम्मको खातामा १००÷१०० गरि २०० रुपैँया जम्मा गर्नुपर्नेछ । 

यस्तै, पालिकाले विद्यार्थीलाई दिने विभिन्न सुविधा, विद्यालयको विभिन्न अक्षय कोष मार्फत विद्यार्थीलाई दिने छात्रवृत्ति, अन्य सघसंस्थाले दिने आर्थिक सहयोग लगायत विभिन्न स्रोतबाट प्राप्त रकम समेत सो खातामा अनिवार्य जम्मा गर्नुपर्ने हुन्छ । 

फेदीखोला गाउपालिकाको साझेदारीमा विद्यार्थी बचत खाता सञ्चालन कार्यक्रम कार्यबिधि २०८०, अनुसार सेवा लिन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update