Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्षले ४२ वटा अधिकार पाउदा वडा सदस्यलाई जम्मा ३ अधिकार !  

काठमाडौँ । स्थानीय तह अन्तर्गतका वडा कार्यालयहरुलाई सेवा प्रवाहको आधार बिन्दु मानिन्छ । आधार बिन्दुमा  बसेर जनताका काम गर्न संविधानले हरेक वडामा वडा अध्यक्षसहित ५ जना जनप्रतिनिधिको व्यवस्था गरेको छ । 

तर वडाबाट हुने अधिकांश काम, कर्तव्य र अधिकारमा वडामा निर्वाचित ४ जना सदस्य भने बैठकमा उपस्थित भएर सही धस्काउनमा मात्रै सिमित छन् । 

देशभरका ७५३ स्थानीय तहमा गरेर २६ हजार ७२० जना वडा सदस्यहरु निर्वाचित छन् । तर ती सदसयहरुलाई भने संविधानदेखि स्थानीय शासन संचालन ऐनसम्मले अधिकार र कर्तव्यबिहीन जस्तै बनाएको छ । 

वडाअध्यक्ष एक्लैलाई प्रचलित कानुनले ४२ वटा भन्दा धेरै काम कर्तव्य र अधिकार तोकेको छ भने वडा सदस्यले यस्ता अधिकार जम्मा ४ वटा मात्र पाएका छन् । 

यी हुन वडा अध्यक्षको काम कर्तव्य र अधिकार 

ऐनले वडाध्यक्षले मात्र गर्ने भनेर विभिन्न काम कर्तव्य र अधिकार तोकिदिएको छ । स्थानीय शासन संचालन ऐनको दफा १६ को ९ग०मा वडाध्यक्षलाई वडा समितिको अध्यक्ष भएर काम गर्नेदेखि कार्यपालिका, सभा र वडासमितिले तोकिदिएका अन्य काम समेत गर्ने जिम्मेवारी सुम्पिएको छ । जुन यस्ता छन्ः 

  •  वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
  •  वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने ।
  • वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेस गर्ने ।
  •  वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने ।
  •  सिफारिस तथा प्रमाणित गर्नुपर्ने भनेर ऐनले तोकेकासम्बन्धी कार्य गर्ने ।
  •  ७  दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भए वडाको दैनिक प्रशासनिक तथा सिफारिससम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने ।
  • कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।
  • नाता प्रमाणित ।
  • नागरिकता तथा नागरिकताको प्रतिलिपि लिन सिफारिस ।
  • बहाल करको लेखाजोखा सिफारिस ।
  • बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने काम ।
  • मोही लगत कट्टाको सिफारिस ।
  • घरजग्गा करको लेखाजोखा सिफारिस ।
  • जन्ममिति प्रमाणित ।
  • व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हँुदै नभएको सिफारिस ।
  • विवाहित र अविवाहित प्रमाणित ।
  • निःशुल्क वा सशुल्क स्वास्थ्योपचारको सिफारिस ।
  • वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा सिफारिस र प्रमाणित ।
  • घर पाताल प्रमाणित ।
  • व्यक्तिगत विवरण प्रमाणित ।
  • जग्गाधनी दर्ता प्रमाणपुर्जामा घर कायमको सिफारिस ।
  • कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक–फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस ।
  • नाम, थर, जन्म मिति संशोधनको सिफारिस ।
  • जग्गाधनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस ।
  • कित्ताकाट गर्न सिफारिस ।
  • संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस ।
  • जीवितसँगको नाता प्रमाणित ।
  • मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस ।
  • जीवित रहेको सिफारिस ।
  • हकवाला वा हकदार प्रमाणित ।
  • नामसारी गर्न सिफारिस ।
  • जग्गाको हक सिफारिस ।
  • उद्योग ठाउँसारी गर्न सिफारिस ।
  • आधारभूत विद्यालय खोल्न सिफारिस ।
  • जग्गा मूल्याकंन सिफारिस ।
  • विद्यालयको कक्षा थप गर्न सिफारिस ।
  • अशक्त, असहाय तथा अनाथको पालनपोषणका लागि सिफारिस ।
  • वैवाहिक अंगीकृत नागरिकता सिफारिस ।
  • आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस ।
  • विद्यालय ठाउँसारी गर्न सिफारिस ।
  • धारा तथा विद्युत जडानका लागि सिफारिस ।
  • प्रचलित कानुनअनुसार प्रत्यायोजित अधिकारबमोजिमका अन्य सिफारिस वा प्रमाणित गर्ने काम

वडासदस्यका काम र अधिकार 

वडाअध्यक्षको तुलनामा वडा सदस्यलाई भने ऐनले सिमित काम कर्तव्य अधिकार मात्र दिएको छ । स्थानीय शासन संचालन ऐन तथा प्रचलित अन्य कानुनअनुसार वडा सदस्यको काम कर्तव्य र अधिकार यस्ता छन् ।

  • वडा समितिको बैठकमा भाग लिने
  • वडाअध्यक्षले तोकेका अन्य काम गर्ने 
  • वडाअध्यक्ष देशबाहिर हुँदा वडाध्यक्षले तोकेका व्यक्तिले कार्यवाहक वडा अध्यक्ष भएर काम गर्ने

भूमिकाको खोजीमा वडा सदस्यहरु 

संविधान र प्रचलित कानुनले अधिकारबिहीन बनाएको भन्दै वडा सदस्यहरु बल्ल एकीकृत रुपमा आवाज उठाउन थालेका छन् । 

बिहीबारबाट पोखरा महानगरपालिकाभित्रका वडा सदस्यहरू आफ्नो प्रभावकारी भूमिकाको माग गर्दै त्यसको खोजीमा जुटेका छन्  । जनताबाट निर्वाचित भएर पनि कर्तव्य, अधिकारको प्रयोगसँगै प्रभावकारी भूमिका समेत पाउन नसकिएको भन्दै आफ्नो भूमिकालाई देखिने किसिमको बनाउन सदस्यहरूले पहल थालेका हुुन् ।

जनताको मतबाट निर्वाचित भएपछि अधिकांश स्थानमा गणपुरक मात्रै बन्नुपरेको भन्दै महानगरभित्रका वडा सदस्यहरू संगठित बन्दै गएको महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुुङ्गाना बताउँछन् । 

पहिलो चरणमा महानगरका केही वडा सदस्यहरू भेला भई आफ्ना अधिकार, कर्तव्य तथा भूमिकालगायतका विषयमा छलफल गरेको उनको भनाइ छ । दोस्रो चरणमा सबै वडा सदस्यलाई सहभागी गराएर बृहत छलफल गर्ने निर्णय उनीहरुले गरेका छन् । 

 याे पनि पढ्नुहाेस्

यी हुन वडाबाटै पाइने ९३  थरी सेवा 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update