Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको सरुवा, परियारलाई दिइयो नयाँ जिम्मेवारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको सरुवा भएको छ । मेयर बालेन्द्र शाह (बालेन)सँग टसल परेका परेका प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई सरकारले सरुवा गरेको हो ।

सरकारले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई मधेशी आयोगमा सरुवा गरेको छ । उनलाई सचिवको जिम्मेवारी दिइएको छ । नयाँ कर्मचारी भर्नामा सचिव अधिकारीको पनि संलग्नता देखिएको आरोप लगाउदै मेयर बालेन शाहको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा तालाबन्दी नै गरेको थियो ।

सरकारले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदिप परियारलाई दिइको छ । परियार यसअघि राष्ट्रिय योजना आयोगमा थिए । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने प्रचलन छ । सरकारले हालै २९ सहसचिवतको सरुवा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update