Odapalika - The Fourth Estate - चौथो अंग
फिदिमका हरेक वडामा ५ वटा मिल 

पाँचथर । फिदिम नगरपालिकाले हरेक वडालाई ५ वटाका दरले धान, मकै र गहुँ कुटानी पिसानीका लागि मिल वितरण गरेको छ । 

पालिकाबासीले धान मकैलगायतका सामग्री कुटानी पिसानी गर्न समस्या भएको गुनासो गरेपछि नगरपालिकाले इ विडिङमार्फत कम्वाइन राइस मिल किनेर हरेक वडामा वितरण गरेको हो । 

‘किसानहरुको अधिक मागका कारण अघिल्लो आर्थिक वर्षकै बजेटबाट ७० वटा मिल किनेर हरेक वडामा ५ वटाका दरले बितरण गरेका छौं । यसले कृषकहरुलाई आफ्नै टोलमा कुटानी पिसानी गर्न सजिलो भएको छ,’ गाउँपालिका अध्यक्ष मित्र प्रसाद काफ्लेले भने । 

‘व्यवसाय प्रवद्र्धनका लागि नगरपालिका’ कार्यक्रम अन्तरगत नगर विकास कोषबाट इबिडिङ मार्फत कम्बाईन राईस मिल खरिद गरिएको उनको भनाइ छ । 

घर, छर छिमेकीमा मिल सञ्चालन भएपछि समय बचत र सहज रूपमा कुटानी पिसानी भएको स्थानीयको भनाइ छ । 

पालिकाले आगामी वर्ष यस्ता मिल थप गर्दै लाने लक्ष्य लिएको अध्यक्ष काफ्ले बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update