Odapalika - The Fourth Estate - चौथो अंग
भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नेपालको स्थानीय तहमा सार्वजनिक विदा

काठमाडौँ । भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नेपालको कपिलबस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

भारतको अयोध्यामा हुने प्राण प्रतिष्ठानको दिन पारेर गाउँपालिकाले आगामी सोमबार ‘स्थानीय विदा’ दिएको हो ।

गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले सार्वजनिक सुचना प्रकाशित गरेर सो दिन सार्वजनिक विदा दिने जानकारी दिएका हुन् ।

रामको विवाह नेपालकी छोरी सितासँग भएको र राम मन्दिरको प्राणप्रतिष्ठा जस्तो महत्वपूर्ण कार्य हुने भएकोले सो दिन सार्वजनिक विदा दिने निर्णय भएको अध्यक्ष चौधरीले बताए ।

‘हाम्रो गाउँपालिकामा सनातन धर्मावलम्बीको संख्या बढी छ । हामी नेपाल वा भारत नभनी गंगा स्नान गर्न जान्छौं, चारधाम जान्छौं भने राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिनलाई पनि हामीले महत्वपूर्ण अवसरको रुपमा लिनुपर्छ । त्यसैले सो दिन स्थानीय विदा दिने निर्णय गरिएको हो,’ अध्यक्ष चौधरीले वडापालिकासँग भने ।

shudhyodhan-gapa-notice11705665344.jpg

सो दिन (अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन) शुद्धोधन गाउँपालिकाभरी कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको विक्री वितरण कार्य नगर्न पनि गाउँपालिकोले भनेको छ । सो दिन शिक्षण संस्थाहरु पनि बन्द हुने सार्वजनिक गरिएको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update