Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँका यी स्थानमा एक सातासम्म बिजुली अवरुद्ध

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आइतवार (भोलि)बाट एक सातासम्म बिजुली सेवा अवरुद्ध हुने भएको छ । 

प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय तारलाई भूमिगत गर्ने भएका कारण यसमार्फत प्रवाह हुने बिजुली अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

आइतबारदेखि शनिवारसम्म बिहान ९ देखि दिउँसो १ बजेसम्म बिजुली नबल्ने भएको हो ।

माघ ७ गते महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत आपूर्ति नहुने प्राधिकरणको सूचनामा उल्लेख छ । 

त्यस्तै ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत सेवा बन्द हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update