Odapalika - The Fourth Estate - चौथो अंग
अदालतले खोलिदियो धरानका मेयर साम्पाङले लगाएको ताला 

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अदालतको आदेशपछि खुलेको छ । 

साम्पाङले गरेको तालाबन्दी खोल्न उच्च अदालत विराटनगरले आदेश दिएपछि तालाबन्दी खुलेको हो । 

उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न र नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी शुक्रबार खुलेको हो । 

उपकुलपतिको कार्यकक्षमा नगरप्रमुख साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊसहित आदेश जारी गरेपछि ताला खुलेको हो ।

अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाएका थिए । 

उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले तत्काल ताला खोल्न आदेश दिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update